अत्तरिया – सुदूरपश्चिम सरकारले कैलाली कञ्चनपुरका ४ अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाउन स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताल धनगढी, लम्की चुहा प्रादेशिक अस्पताल लम्की, टिकापुर प्रादेशिक अस्पताल टीकापुर र महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लाइ शिक्षण अस्पतालका रूपमा उपयोग गर्न दिने स्वीकृति दिएको हो ।

साथै बैठकले सम्झौताका अन्य प्रक्रिया मन्त्रालयले अगाडि बढाउने गरी निर्णय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रदेश सरकारको निर्णयसँगै विश्वविद्यालयको शैक्षिक कार्यक्रम यसै वर्ष देखि सुरु गर्ने बाटो खुलेको छ ।


















