सुनाउन मिल्ने, कति छन् नमिल्ने पीडा छन् थरिका

सुनाउन खोज्दा रमाएर बस्छन्,वरि र परिका ।
फर्किन्न कहिल्यै लागेको गोली, निक्लेको बोली
जुँगा रवाफी ताउ लगाई, सिकाउछन तरिका ।
देखाई अगाडी मुस्कान मिठो, लुकाइ छुरा पछाडि
गुनुमुनु गर्दै खै के पखाल्दै, नाम जप्छन् हरिका ।
खै के छ कुन्नि ? सुराकी मेरै, हुलाकी मेरै

सराप्नु के छ, समात्नु के छ, छेपारो सरिका ।
खै! म जुधूँ कसरी, हरे ! म बुझूँ कसरी
छिराई सियो भ्वाङ पारि छोड्ने, मुसल सरिका ।
सुनाउन मिल्ने, कति छन् नमिल्ने पिडा छन् थरिका
सुनाउन खोज्दा रमाएर बस्छन्, वरि र परिका ।
दशरथ ओझा
गोदावरी ०४ वसन्तपुर
गजलकार ओझा समैजी मावि गोदावरी नगरपालिका –८, मजगाउका शिक्षक हुनुहुन्छ ।


















