खाेज्नुहाेस

रगतले इतिहास लेख्न सफल मेरो देश

Image

 एकादेशको कुरा हो, रगतले इतिहास लेख्न सफल

मेरो देश नेपालको

attariya hospital

एउटा सानो घर थियो।

navjiwan hospital

घरमा बाआमा, ३ महिनाको भाईअनि, बहिनी

यो बेलाको युद्धले हामी फुल्ने बित्तिकै झरिहाल्ने,

पारिजात फुल झैँ भाका थियौँ ।

घरको बिजोक अवस्था छाडी, चालेका नेपाली बा का ती पाइलो

अलि, बढी नै लाए, नेपाली बा लाई खाइलो

तर पनि, नेपाली बा को मनमा, भएको देशप्रतिको भाव छुट्नै सकेन ।

विपरीत, हुलका गिद्दहरुले, नेपाली बासँग आँखा जुधाउनै सकेन ।

देशप्रति, गिद्देनजर भएका, ती गिद्दहरुले सुन्दा हुन्छ।

आज, तिनीहरूको हालत बढी नै खराब पार्न सक्छु ।

यही, नेपालीको सान खुकुरीले नै तिमीहरूले तिम्रो ठाउँमा बाँचे फिर्ता लाउन सक्छु ।

गरुडको झैँ वेग थियो, कुन

आकाशले छेक्न सक्थ्यो,

नदी झैँ सफा मन थियो, कसले पो मैलो लाउन सक्थ्यो ,

हिमाली लेक,पहाडी भेग, तराई हरियो

सगरमाथा शिरमा लिएर हिँड्छ सदा यो हाँसेको

पूर्व र पश्चिम, मेची र काली, सिमाना बोकेको

खोला र नालाले दुःख पिडा पोख्दा कसले पो सुनेको

अरू देशका बाआमा बस्थे, दियोको वाती जसरी

नेपाली बाआमालाई कहिल्यै बोल्नै देखेन साथी जसरी

एकपलको खुसी रोजेको भए, बस्थे राजा, रानी जसरी

तर वीर पुर्खाले जीवन काट्न रोजे पापी जसरी

त्यो युद्ध त्यति सहज थिएन जति सोच्दै गैराछौँ ,

कठोर थियो बाको मुटु, गर्भवती आमालाई सारो भैराथ्यो

थाहा हुन्न थिएन, कहिले राती, कहिले हुन्छ  दिन

थाहा भएन, समयले एकै पल्टछिन्

थाहा भएन एकैपल्ट कहाँ पुगे बा

घाउ थियो दुवैतिर तर एक्लै दुखे बा

हुन त नजा भन्थ्यो मस्तिष्कले कहाँ टेर्न  मन लाग्थ्यो

बरु छेकिएरै आफू, नेपालीको खुसी हेर्न मन लाग्थ्यो ।

यो धर्ती रङ्गिएको थियो, रातो रगतले

नेपाली आमाको बैँसमै सिउँदो पुछिन पुग्यो, गिद्दहरुको भङ्गले

हिजो गोलीले गुन्जिएको यो सहर

आज शान्तिले बस्न लाग्यो रहर

नेपाली बा घर फर्किन्थे, अँध्यारो रातलाई सुर्यले पन्छाए जसरी

लागेको चन्द्र ग्रहण छिन मै हटी पूर्णिमाको जुन देखिए जसरी

कसैले सुनको सपना देख्दै देखेनन् ,

स्वाभिमानको पहाड बोके तर कहिले झुक्दै झुकेनन्

जो बोलेनन् कहिल्यै, रहे देशको चित्रमा

अझै पनि नेपालीको तन, मन देख्न सक्छौ हामी सबैको चरित्रमा

आज हामी बाँचेका छौ त्यो बलिदानको छायाँमा

आज पनि क्रान्ति निकै झल्किन्छ, हामी सबको मायामा

त्यसैले त नेपाली माटोसँगै श्वास फेर्न मन लाग्यो

श्वास फेर्नै बिर्सी नेपालीको खुसी हेर्न मन लाग्यो

(कवि सिमान्ता शाहुसुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।)