अत्तरिया – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश राजधानीको जटिलताका बारेमा मात्रै बहस गरेको बताएका छन् । केहि दिन यता मुख्यमन्त्री शाहले प्रदेश राजधानी गोदावरीबाट सार्नको लागि छलफल गरिरहेको चर्चाका बिच मुख्यमन्त्री शाहको सो अभिव्यक्ति आएको हो ।

‘दुई तिहाइको सदनले गोदावरीमा निर्णय गरिसकेको कुरालाई म अन्यथा भन्दिन’ सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बोल्दै उनले भने ‘तर, तपाइ हाम्रा बिचमा आजको समयमा राजधानी निर्माण गर्ने सन्दर्भमा हाम्रा आवश्यकता हो कि होइन । यो निर्माण गर्नु पर्छ कि पर्दैन । हाम्रा जटिलता र समस्याहरू कहाँ हुन । हाम्रा चुनौतीहरू के हुन । त्यसमा समीक्षा र बहस हुनुपर्छ कि पर्दैन । यतापट्टि हामी सबै जिम्मेवार भएर उपस्थित हुने छौ भन्ने मैले विश्वास लिएको छु । मैले यसै सन्दर्भमा छलफल र बहस चलाएको यथार्थ हो ।’

उनले सङ्घीयता सँग जोडिएको कुरा, सङ्घीय संरचना सँग जोडिएको कुरा, सुदूरपश्चिम बासीको सरोकार सँग जोडिएको कुरामा गम्भीर हुन आवश्यक रहेको बताए ।
भिडियो

















