खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिदैं

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैं छन । आज साँझ बस्न लागेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले बिश्वासको मत लिन लागेका हुन ।

साउन १२ गते कांग्रेस प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि सर्वसम्मत निर्णय गरेको थियो ।

attariya hospital
navjiwan hospital

उक्त बैठकले सुदूरपश्चिम प्रदेश सभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिवार्य मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (हिप) जारी गरेको छ ।

यसैबिच नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बुधबार (असार १४ गते) बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टी(नाउपा) बाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए । मन्त्री बर्खास्त गरेपछि नाउपाले सरकारलाई दिएको फिर्ता लिएको सन्दर्भमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।