खाेज्नुहाेस

सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए

Image

धनगढी – सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ । मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

लम्कीमा से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

add everest academy
attariya hospital
navjiwan hospital

दुर्घटनामा गाडीमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

मन्त्रीद्धय प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन लम्की पुगेका थिए । रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि उनीहरु त्यता जाँदै थिए ।

प्रहरीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै, अगाडि रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको से.१ झ ३३० नम्बरको कालो रङको गाडीका चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए । ब्रेक लगाउँदा पछाडी कानुन मन्त्री सवार गाडी ठोक्किएको थियो ।

attariya technical collage