खाेज्नुहाेस

राजधानीका सांसदको एउटै स्वर ‘हामीमाथि शङ्का नगर्नुस्, गोदावरीमै राजधानी बनाउन प्रतिबद्ध छौ’

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको क्षेत्रका सांसदहरूले राजधानी गोदावरीमै कायम राख्न आवाज उठाउने प्रतिबद्धता जनाएका छन् । सोमबार स्वतन्त्र नागरिक अभियानले अत्तरियामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने चार जना सांसदले सो प्रतिबद्धता जनाएका हुन । सांसदहरूले राजधानी सार्न आफूहरूको भूमिका नहुने भन्दै त्यसमा शङ्का नगर्न आग्रह गरे ।

‘म राजधानीको विरुद्धमा भएको भए यस कार्यक्रममा नै आउने थिएन । हामीलाई पार्टीको पठाएको होइन । तर, पनि हामी समर्थन गर्न आएका छौ । त्यसैले हामीमाथि शङ्का गर्ने, यो राजधानी लग्दै छ भन्ने कुरा गलत हो’ राज्यमन्त्री समेत रहेका प्रदेश सांसद प्रकाश बमले भने ‘अहिले प्रस्ताव नै नआएकाले म केही बोल्दैन । जुन बेला बोल्नुपर्ला म बोल्नेछु । हामी चार जनामाथि शङ्का नगर्नुस् । हामीले यस क्षेत्रका जनताको विपक्षमा बोल्दैनौ ।

add everest academy
attariya hospital

उनले आफूले संसदमा पनि पटक पटक आवाज उठाइरहेको बताए । ‘तपाईँले संसदमा बोलेको सुन्नु भयो की भएन । मैले संसदमा राजधानीका लागि चाहिने जमिन अदालतले रोक्दैमा रोकिँदैन भनेको छु’ उनले भने ‘हामी ४ नम्बर क्षेत्रमा जमिन दिन सक्छौ भनेर प्रतिविद्धताका साथ आफ्नै सरकारका विरुद्धमा बोल्ने व्यक्तिभित्र म पनि पर्छु । यस क्षेत्रका तिनै जना बोलेका छौ ।’

उनले राजधानीका लागि आन्दोलन भए पनि आफूले त्यसमा साथ दिने बताए । उनले भने ‘तपाइहरूको साथमा हामी पनि छौ । तपाइहरू आन्दोलन सुरु गर्नुहोस् । हामीले कहाँ जानुपर्छ के बोल्नुपर्छ । के भन्नुपर्छ । किन यो ठाउँमा अहिले सम्म राजधानी बन्न सकेन । वास्तविकता के हो । त्यो पनि बुझेर । हामी तपाइहरू सँगै होस्टेमा हैँसे गरेर हिँडौला ।’

navjiwan hospital

सांसद तुलसी देवकोटाले सुदूरपश्चिम सरकारले आधिकारिक रूपमा राजधानी सार्ने कुरा नआएपनि आफूहरू पटक पटक राजधानीको बारेमा बोल्ने गरेको बताइन । ‘हामी हाम्रो क्षेत्र प्रति उत्तरदायित्व छौ । हामीले बाहिर हल्ला सुनेकै भरमा बोल्न मिल्दैन । हामी राजधानी सार्ने एजेन्डा आएमा हामी त्यति बेलाको समय र परिस्थिति अनुसार आफ्नो क्षेत्रका बारेमा बोल्ने छौ’ उनले भनिन ‘हाम्रो क्षेत्रका सवालमा हामी प्रतिबद्ध छौ । हामी राजधानीको एजेन्डा आएपछि त्यसका बारेमा पनि आफ्नो क्षेत्रको बारेमा प्रतिबद्धता जनाउने छौ ।’

attariya technical collage

सांसद जानकी कुँवरले पदबाट राजीनामा दिनुपरेपछि आफू यस क्षेत्रका जनताको पक्षमा उभिने बताइन । ‘सङ्घीयतालाई आत्मसाथ गर्दै तपाइहरू हिँड्नु भएको छ भने हामी तपाइहरूको साथमा छौ । त्यसका लागि माननीय पदबाट राजीनामा दिनुपर्छ भने पनि तयार छु’ उनले भनिन ‘तर, सङ्घीयता खारेज हुनपर्छ पनि भन्ने राजधानी पनि यहाँ चाहिन्छ भन्नेलाई हाम्रो साथ हुँदैन ।’ उनले अघिल्लो सरकारले धेरै अध्ययन गरेर गोदावरीमा राजधानी राखेकाले यसलाई सार्ने कुरा स्वकार्य नहुने बताइन ।

‘सर्वसम्मत रूपमै गोदावरीमा राजधानी बनाइएको अवस्था हो । अहिलेको सरकारले यसको विषयमा छलफल अगाडि बढाएको छैन । प्रदेश सरकारले राजधानीका विषयमा छलफल ग¥यो भने हामी त्यति बेला हामी त्यसमा कुरा राखौला’ उनले भनिन ‘अघिल्लो सरकारले व्यापक छलफल गरेर गोदावरीमा राजधानी तोकिएको हो । तपाइलाई हामीले आफ्नो क्षेत्रको राजधानी धनगढी लौजाउ भन्छौ होला त ?’

प्रदेश सांसद खेमा देवी विष्टले सामाजिक सञ्जाल पत्रपत्रिकामा राजधानी धनगढी सार्ने तयारी गरिएको कुरा आइरहेकाले यस्तो षडयन्त्र रोक्नको लागि अव यस क्षेत्रका जनता उठ्नुपर्ने बताइन । उनले कार्यक्रममा फितलो उपस्थितिले जनतालाई राजधानी चाहिएको होइन कि भन्ने परेकाले यसका लागि सबै जनता जागरूक हुन जरुरी रहेको बताइन । ‘राजधानीका लागि यसका लागि राजनीतिक दल, जनप्रतिनिधि आम सर्वसाधारण एकजुट हुनुपर्छ’ उनले भनिन ‘प्रदेश संरचना खारेज हुनुपर्छ भन्ने आफ्नो पार्टीको एजेन्डा भए पनि यो संरचना खारेज नहुँदा सम्म राजधानी तोकिएको ठाउँमा बन्नुपर्छ ।’ उनले प्रदेश राजधानी सार्ने प्रस्ताव आएमा आफूले त्यसको पक्षमा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताइन ।

‘गोदावरीका जनता सडकमा जान्छु भन्छन् भने म सडकमा जान तयार छु, सदनमा लड्न तयार छु, आफ्नो सचिवालयबाट विज्ञप्ति निकाल्न पनि तयार छु’ उनले भनिन ‘मेरो लागि पार्टी भन्दा पनि मेरो देश र जनता हो ।’ उनले सर्वोच्चमा मुद्दा परेर राजधानी रोकियो भन्नु भ्रम भएको बताइन । उनले भनिन ‘सर्वोच्चमा एक मुद्दा खारेज भएको र अर्को फाइल सर्वोच्चमै नपुगे बताउँदै उनले राजनीतिक प्रतिसोध, स्टनबाजी नगर्ने हो भने राजधानी सजिलै बनाउन सकिन्छ ।’ यसअघि अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीयले राजधानी सार्न तयारी गरिदा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदको प्रतिवद्धता माग गरेका थिए ।