खाेज्नुहाेस

घुस ‘डिल’ प्रकरणमा रञ्जितालाई रेशमको आग्रह : केन्द्रीय समितिमा जवाफ दिनुपर्छ

Image

धनगढी– नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठमाथी लागेको घुस डिलको आरोपबारे स्पष्टिकरण दिनुपर्ने बताएका छन । उनले पार्टीको केन्द्रिय समितिमा घुस डिलको आरोपबारे श्रेष्ठले स्पष्टिकरण दिनुपर्ने बताएका हुन ।

navjiwan hospital

नाउपा अध्यक्ष श्रेष्ठलाई कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस मागेको आरोप लागेको छ । यस विषयमा भ्वाइस टेस्टका लागि अध्यक्ष श्रेष्ठ बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित भएकी थिइन् ।

attariya hospital

त्यसपछि बिहीबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनकै पतिसमेत रहेका पार्टी संरक्षक चौधरीले पार्टीका कार्यकर्ता र जनता पनि अन्योलमा परेकाले त्यस विषयमा केन्द्रीय समिति बैठकमा जवाफ दिन आग्रह गरेका हुन् । ‘एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर बोल्नुभयो भने भोलि लाख मुखले तपाईंको पक्ष वा विपक्षमा कुराकानी गर्ला । पार्टीलाई बन्धक वा निरंकुश बनाउन पाइँदैन । यसको निकास तपाईंले नै दिनुपर्छ । तपाईंले भन्नुपर्छ’ उनले भनेका छन ।