धनगढी – असोज १ र २ गते लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले कोशी प्रदेशसँग अन्तक्रिया कार्यक्रम गरेको छ । बुधबार सुदूरपश्चिम प्रदेश सरकारले भर्चुअल माध्यमबाट कोशी प्रदेशसँग अनुभव आदानप्रदान एंव नीति तथा कानुन सम्बन्धि अन्तक्रिया कार्यक्रम गरेको हो ।

कोशी प्रदेशले कोशी प्रदेश लगानी सम्मेलन २०८२, बैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ ।सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि एमओयू भएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, विषयगत मन्त्रालयका मन्त्री प्रमुख सचिब विषनयगत मन्त्रालयका सचिब सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनका समिति तथा उप सिमितका संयोजक तथा सदस्यहरु र कोशी प्रदेशबाट कोशी प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. मोहन सुवेदी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाँई र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोईरालाई अनुभव आदान प्रदान गरेका थिए ।












