खाेज्नुहाेस

गोदावरीमा सडक किनारामा सेप्टी ट्याङ्कीको फोहर फाल्ने ट्याक्टर लखेटिए 

Image

अत्तरिया – कैलालीको गोदावरीमा शौचालयको सेप्टी ट्याङ्कीको दिसाजन्य फोहर फाल्ने ट्याक्टरलाई स्थानीयले लखेटेका छन् । गोदावरी नगरपालिकाको फोहोर मैला व्यवस्थापन केन्द्र बाहिर सेप्टी ट्याङ्कीको फोहर फाल्न पुगेका २ ट्याक्टरलाई स्थानीयले लखेटिएका हुन ।

स्थानीयले धनगढीबाट पनि सेप्टी ट्याङ्कीमा दिसाजन्य फोहोर ल्याएर सडक किनारामा फाल्दा दुर्गन्ध बढेको भन्दै लखेटेको बताएका छन् । कृष्णपुर नगरपालिका – ७ का अनेश ताम्राकारले धनगढीबाट दैनिक दिसाजन्य फोहोर सडक किनारामा फाल्ने गरिदा ओहोरदोहोर गर्न समस्या हुन थालेपछि विरोध गरिएको बताए । उनले फोहोर मैला व्यवस्थापन नहुँदा सम्म अस्थायी रूपमा फोहोर फाल्ने भनिए पनि अहिले दिसाजन्य फोहोर जताततै फालिदा आवतजावत गर्न नै समस्या भएको बताए ।

attariya hospital

उनले सेप्टी ट्याङ्कीले कृष्णपुर नगरपालिका – ७ को बस्ती नजिकै पुगेर पनि फोहोर फाल्ने गरेको बताए ।

‘हामी कृष्णपुर बासी भए पनि अत्तरिया आवतजावत गर्ने बाटो यही नै हो । यो बाटो भएर हामी वर्षैदेखि हिँडडुल गर्दै आएका छौ’ उनले भने ‘अहिले आएर बाटो छेउमै दिसाजन्य फोहोर फालिदा हिँडडुल गर्न समस्या भएको छ ।’ उनले दैनिक दैनिक २० देखि २४ सम्म सेप्टी ट्याङ्की फोहोर फाल्न आउने गरेको बताए ।

स्थानीय धाना ताम्राकारले घर नजिकै पनि फोहोर फाल्दा आफूहरूलाई बस्न नै समस्या भएको बताइन् । उनले घर सम्मै दुर्गन्ध पुग्दा खान खान पनि समस्या हुने गरेको बताइन् ।

navjiwan hospital

कृष्णपुर नगरपालिका – ७ का पुर्व वडाध्यक्ष कमल सिंह खड्काले वडा बासिले आवतजावत गर्ने बाटोमा फोहोर फाल्दा हिँडडुल गर्न समस्या भएको बताए । उनले फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भएर पनि सञ्चालन नगरी सडकमा फोहोर फाल्दा समस्या भएको बताए । फोहोर फाल्न नरोकिएर सङ्घर्षका कार्यक्रम गर्ने बताए ।

आइतबार स्थानीयले सेप्टी ट्याङ्कीको फोहर फाल्ने क्रममा भे १ त ६२ र सुपप्र ७४८१ नम्बरको ट्याक्टरलाई लखेटेका थिए ।

सेप्टी ट्याङ्की सञ्चालक फुलचरण चौधरीले भने २ सय रुपैयाँ शुल्क तिरेर फोहोर फाल्ने गएको बताए । उनले गोदावरी नगरपालिकामा फोहोर मैला सङ्कलन गर्दै आएको मातृभूमि संरक्षण प्रालिलाई शुल्क तिरेर उसैले फोहोर फाल्ने ठाउँमा सेप्टी ट्याङ्की अनलोड गर्ने गरिएको बताए । उनले उक्त दिसाजन्य फोहोर धनगढीबाट सङ्कलन गरिएको बताए । अन्य ठाउँमा फोहोर फाल्न नपाएपछि गोदावरीमा ल्याउने गरेको उनले बताए ।

मातृभूमि संरक्षण प्रालिका अध्यक्ष गोविन्द रावलले फोहोर मैला व्यवस्थापन केन्द्र सञ्चालनमा नआउँदा सम्मको लागि केन्द्र नजिकै फोहोर फाल्ने गरिएको बताए । केही ट्याक्टर चालकले बदमासी गरेर जताततै फोहोर फालेको भए त्यसलाई नियन्त्रण गरिने बताए । उनले तोकिएको ठाउँमा फोहोर फाल्नको लागि नै शुल्क लिएर चिट काट्ने गरिएको बताए ।

गोदावरी नगरपालिमा एडिबीको सहयोगमा निर्माण गरिएको फोहोर मैला व्यवस्थापन केन्द्र उद्घाटन भएर पनि सञ्चालन नहुँदा अहिले पनि फोहोर मैला व्यवस्थापन केन्द्रको बाहिर सडक किनारामै फोहोर फाल्ने गरिएको छ । सडक किनारामै फोहोर फालिदा सो बाटो भएर कृष्णपुर नगरपालिका – ७ जाने स्थानीयले सास्ती खेप्दै आएको भन्दै विरोध गर्दै आएका छन् ।