बैतडी– बैतडी जिल्ला ‘पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको छ । १६ देखि ५९ महिनासम्मका १३ हजार १ सय ४८ जना बालबालिकालाई आवश्यक सम्पूर्ण खोपहरू उपलब्ध गराइएपछि जिल्लालाई पूर्ण खोप दिगोपन सुनिश्चितता’ जिल्ला घोषणा गरिएको हो ।

पहिलोपटक सन् २०७२ साल असार ६ गते बैतडीलाई नेपालमै सातौँ ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिएको थियो । त्यसयता प्रत्येक वर्ष दिगोपनको मूल्याङ्कन गरी सुनिश्चितता घोषणा गरिँदै आएको छ ।

यसपटक पनि सबै आवश्यक मापदण्ड पूरा भएपछि पुनः दिगोपना सुनिश्चितता घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्या लय बैतडीका प्रमुख तिर्थराज भट्टले बताए । उक्त अवसरमा जिल्लाका १० जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई प्रमाणपत्र, दोसल्ला तथा नगदसहित सम्मान गरिएको थियो । यस्तै, वडा र गाउँपालिका तहमा खोप सुनिश्चितता घोषणा भइसकेका क्षेत्रका स्वास्थ्य प्रमुखहरूलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
















