अत्तरिया – कैलालीको गोदावरी श्रद्ध गर्न गएका ६ जना फसेका छन् । गोदावरी नदीमा एक्कासी बाढी आएपछि कञ्चनपुरको झलारीका ६ जना नदीमा फसेका हुन् ।
काठेपुल नजिक नदीको बिच भागमा रहेको टापुमा उनीहरु फसेको र उद्दारको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताएका छन् ।


टापुको दुवैतिर समान पानी भएकोले उद्धारमा कठिनाई भइरहेको उनले बताएका छन् ।
Update : गोदावरीमा फसेका ६ जनाको उद्धार गरियो
















