खाेज्नुहाेस

गोदावरीमा फसेका ६ जनाको उद्धार गरियो 

Image
अत्तरिया – गोदावरी नदीमा बाढी आएपछि फसेका ६ जनाको उद्धार गरिएको छ । बुधवार श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जनाको उद्धार गरिएको हो ।
attariya hospital
navjiwan hospital
काठे पुल नजिक नदीको बिच भागमा श्राद्ध गरिरहेका उनीहरू गोदावरी नदीमा एक्कासि बाढी आएपछि फसेका थिए ।
उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त सहयोगमा सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए ।
उद्दार गरिएकाहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका – ६ बस्ने बर्ष ६५ वर्षीय पल्लु शार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी शार्की, १२ वर्षीय योगेश शार्की, ३५ वर्षीय बिकट शार्की, ३५ वर्षीय बिर शार्की र बेदकोट नगरपालिका – ७ का २८ वर्षीय अब्दुल शार्की रहेका छन ।