खाेज्नुहाेस

रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता, पुल बग्यो

Image

काठमाडौ – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन्। चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशी खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका हुन्।

navjiwan hospital

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमा तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, ६ जना नेपाली कामदार, सवारी चालक, ४ जना चिनियाँ कामदार रहेका छन्।

godawari nagarpalika dadhelo
attariya hospital

पुल बगायो

मंगलबार बिहान आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । त्यस्तै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी(ईभी) हरू पनि बाढीले बगाएको छ ।