अत्तरिया – कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार भारतबाट नेपाल भित्रिएका १० जनाको कोरोना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार सुदूरपश्चिमको गड्डाचौकी नाकाबाट भित्रिएका १, जुलाघाट नाकाबाट भित्रिएका २, खकरुला हेल्थ डेस्कमा ७ जनाको कोरोना परीक्षण गरिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार हाल प्रदेशमा कोरोनाका ४ जना सक्रिय सङ्क्रमित रहेका छन् । २०२५ मा सिमानाकाबाट भित्रिएका ३१ जनामा कोरोना पुष्टि भएकोमा २७ जना निको भएको जनाइएको छ ।