खाेज्नुहाेस

आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

Image

काठमाडौँ– आज साँझ ६ बजेपछि एसइईको नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेपछि प्रकाशन गर्ने तयारी गरेको जनाएको छ ।

navjiwan hospital

एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले आजै साँझ ६ बजेपछि  नतिजा प्रकाशन गरिने जानकारी दिए । यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी  छन् ।

add everest academy
attariya hospital