खाेज्नुहाेस

बैतडीको मेलौलीका साहित्यकार गणेश दयाल सम्मानित 

Image

बैतडी – बैतडीको मेलौली नगरपालिका – १ का अग्रज साहित्यकार गणेश दयाल सम्मानित भएका छन् । ८० वर्षीय दयाललाई बैतडीको भाषा संस्कृति र लोक साहित्य उन्नयनमा पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

navjiwan hospital

उक्त सम्मान साहित्यकार कर्ण दयालले आफ्ना बुबाको वार्षिकीको दिन घोषणा गरेको रकमबाट प्रदान गरिएको थियो । साहित्यकार कर्ण दयालले २०८१ मा सुदूरपश्चिम साहित्य समाजले प्रदान गरेको पुरस्कार राशिको १० प्रतिशत रकम र सम्मान पत्रले साहित्यकार गणेश दयाललाई सम्मानित गरिएको बताए । उनले साहित्यकार गणेश दयाल नयाँ पुस्तालाई जोस जागर र प्रेरणा प्रदान गर्ने व्यक्ति भएकाले योगदानको कदर गर्दै सम्मानित गरिएको बताए ।

attariya hospital

साहित्यकार गणेश दयालले लेख रचना, गीत गजल, वषांवली, इतिहास, उखान टुक्का, जागर लेख्दै आएका छन । बिहिबार साहित्यकार गणेश दयाललाई घरमै पुगेर सम्मानित गरिएको थियो । सम्मान कार्यक्रममा मेलौली नगरपालिकाका नगरप्रमुख भीम बहादुर चन्द, समाजसेवी भानी दयाल, शिव सिंह दयाल र पत्रकार लक्ष्मण बिसी लगायतको सहभागिता रहेको थियो ।