खाेज्नुहाेस

भारतमा नेपालीलाई बन्धक बनाइएको बिषय प्रदेशसभा उठ्यो, कारवाही गर्न माग

Image

धनगढी – भारतमा नेपालीलाई बन्धक बनाइएको बिषय सुदूरपश्चिम प्रदेश सभा सदस्यले उठान गरेका छन । प्रदेश सभाको शुक्रबार बसेको बैठकमा बोल्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्यले उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न माग गरेका हुन ।

navjiwan hospital

प्रदेससभामा बोल्दै प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (ाओवादी केन्द्र) का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रूपमा लिन ध्यानाकर्षण गराएका हुन् ।

add everest academy
attariya hospital

भारतस्थित नेपाली राजदूतावास, किङ्ग भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए ।
बैठकमा सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

सम्बन्धीत समाचारभारतमा बन्धक बनाइएका ५८ युवालाई गड्डाचौकी नाका हुँदै नेपाल ल्याइयो