खाेज्नुहाेस

पर्यटकीय क्षेत्र गोदावरीमा खुल्यो ‘कोसेली’

Image

अत्तरिया– सुदूरपश्चिम प्रदेशकै पर्यटकिय क्षेत्रका रुपमा हेरिने कैलालीको गोदावरी नगरपालिका– ४ गोदावरीमा ‘कोसेली’ सञ्चालनमा आएको छ । स्थानीय योगेन्द्रराज भट्टले विभिन्न सुविधा तथा सेवाहरु सहित होटल ‘कोसेली’ सञ्चालनमा ल्याएका हुन ।

navjiwan hospital

‘कोसेली रेस्टुरेन्ट’ नामक उक्त होटलमा आकर्षक सजावट, पारिवारिक जमघटका लागि उपयुक्त स्थान, मिटिङ्ग कक्ष, शोभायुक्त विश्रामस्थल जस्ता सुविधा उपलब्ध रहेको भट्टले बताए । उनले ग्राहकको स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै स्थानीय र आधुनिक परिकारहरू उपलब्ध गराईएको बताए ।

add everest academy
attariya hospital

पछिल्लो समय युवाहरु विदेशीने क्रम बढीरहेका बेला स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि पनि आफूले होटल सञ्चालनमा ल्याएको उनि बताउँछन । ग्राहकहरुलाई बजार क्षेत्रभन्दा शान्त र सितल वातावरण प्रदान गर्ने गरी होटल सञ्चालनमा ल्याईएको उनले बताए । उनले विशेष गरी गोदावरी क्षेत्र घुम्न आउने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको बताउदै होटलमा व्यवसायिक भेटघाटका लागि शान्त र स्वच्छ वातावरण समेत रहेको बताए ।