बैतडी – बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार सिगास गाउँपालिका–२, खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामी शुक्रबार दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सय मिटर तल मृत भेटिएकी थिइन् ।