खाेज्नुहाेस

स्काउट विद्यार्थीलाई पोसाक वितरण

Image

गौरीगंगा – गौरीगंगा नगरपालिका– ३,स्थित जन जागृत माध्यमिक विद्यालयका ३२ जना स्काउट विद्यार्थीलाई पोसाक वितरण गरिएको छ। गौरीगंगा– ३ वडा कार्यालयले स्काउट विद्यार्थीलाई पोसाक वितरण गरेको हो।
शुक्रवार वडा अध्यक्ष मनि राम जोशीको अध्यक्षतामा भएको पोसाक वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा नेपालीको प्रमुख अतिथि रहेका थिए ।

navjiwan hospital

विद्यालयमा सञ्चालित स्काउट ग्रुपका विद्यार्थी र स्काउट शिक्षकलाई हौसला प्रदान गर्ने उद्देश्यले पोसाक वितरण गरिएको वडा अध्यक्ष जोशीले बताए। वडा कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत पोसाक खरिद गरिएको थियो ।

add everest academy
attariya hospital

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र धामीले विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थी र एक जना शिक्षकलाई पोसाक वितरण गरिएको बताए ।