अत्तरिया – सुदूरपश्चिम लगायत पश्चिम नेपालमा आजदेखि मौसम सक्रिय हुने अनुमान गरिएको छ । जल तथा मौसम विभागले शुक्रवार राती मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै असार १४ देखि १६गते बिहान सम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागमा मनसुन सक्रिय हुने जनाएको हो ।



महाशाखाको बुलेटिनमा भनिएको छ, ‘हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ । शनिवार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तरतर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ ।

यस प्रणालीको प्रभावले मिति २०८२–०३–१४ गते साँझदेखि मिति २०८२–०३–१६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागमा मनसुन सक्रिय हुने सम्भावना रहेको देखिएको छ ।’
