खाेज्नुहाेस

गोदावरीमा एआई जडित डिजिटल एक्स–रे बाट क्षयरोगको पहिचान गरिने

Image

अत्तरिया – कैलालीको गोदावरीमा एआई जडित डिजिटल एक्स–रेबाट क्षयरोगको पहिचान गरिने भएको छ । गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य निर्देशनालय डोटी तथा स्वास्थ्य कार्यालय कैलालीको प्राविधिक सहयोगमा आयोजना गरिने शिविरमा उक्त प्रविधिबाट क्षयरोगको पहिचान गर्न लागिएको हो ।

उक्त शिविर असार ११ गते देखि १४ गते सम्म गोदावरीका ४ वटा आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा हस्ताक्षरित जारी सूचनामा उल्लेख छ ।

add everest academy
attariya hospital
navjiwan hospital

जसअन्तर्गत असार ११ गते वडा नम्बर ४ को हाटखोली आधारभूत स्वास्थ्य चौकी, असार १२ गते वडा नम्बर १२ को कोल्मुडा आधारभूत स्वास्थ्य चौकी, असार १३ गते वडा नम्बर १० को खमौरा आधारभूत स्वास्थ्य चौकी र असार १४ गते वडा नम्बर ८ को स्याउले आधारभूत स्वास्थ्य चौकीमा शिविर आयोजना गरिने जनाइएको छ ।

शिविरमा एआई जडित डिजिटल एक्सरेबाट क्षयरोगको जोखिममा रहेका व्यक्तिहरूको पहिचान गरी एक्स–रे सेवा सहितको खोजपडताल कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

attariya technical collage