काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि प्रयास गरिरहेको बताएकी छन् । सोमबार संसद्मा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले आफूले इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरू सँग कुराकानी गरेको बताउँदै यसलाई गिभअप गर्न नहुने जिकिर गरेकी हुन् ।


‘हाम्रा छोरा विपिन सकूशल छन् र फर्किनेछन् । हामीले पहल गरिरहेका छौँ । कहिल्यै गिभअप गर्नु हुँदैन,’ उनले भनिन् । साथै, उनले हसासको बन्धनमा रहेका भनिएका विपिनको रिहाइका लागि आफू मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली लगायतले पनि पहल गरिरहेको बताएकी हुन् ।