अत्तरिया – गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार गौरीफन्टा नाकाबाट भित्रिएका १५ जनामा कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

विहिबार गड्डाचौकी नाकाबाट भित्रिएका २ जनाको कोरोना परिक्षण गरिएकोमा उनीहरुको नतिजा भने नेगेटिभ देखिएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार जेठ २१ गते यता सीमा नाकाबाट भित्रिएका २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा १६ जना निको भएका छन भने ९ जना सक्रिय संक्रमित रहेका छन ।