अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १० मा रहेको जानकी माध्यमिक विद्यालयमा ट्राफिक नियम र फोहोरमैला व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरिया र फोहोरमैला व्यवस्थापन समिति गोदावरीको आयोजनामा विद्यालयमा सो कार्यक्रम आयोजना गरिएको हो ।

वडा कार्यालयसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमले विद्यार्थीहरुमा ट्राफिक नियम तथा फोहोरमैलाको व्यवस्थापन सम्बन्धी सचेतना जगाउने कार्य गर्ने विश्वास लिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) ले बताए ।


उनले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ट्राफिक नियमकानुनहरु तथा फोहोरमैलाको व्यवस्थापनका विषयमा प्रशिक्षण दिईएको बताए । उनले शुक्रबारका दिनमा विद्यालयहरुमा यस्ता किसिमका बाहिरी ज्ञान सिपका कार्यक्रमहरु आयोजना गरिनुपर्ने बताए ।