खाेज्नुहाेस

न्यायाधीश थारुमाथि अदालतभित्रै मोसो दलियो

Image

काठमाडौँ – मान्छेलाई जिउँदै इट्टा भट्टामा लजाएर हत्या गरेको आरोप लागेका आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुलाई कालोमोसो दलिएको छ।

बिहीबार जिल्ला अदालतभित्र नेकपा बहुमतका कार्यकर्ता बताउने एक समूहले थारुसहितका अदालतका कर्मचारीलाई दुव्यर्वहार गर्दै मोसो दलेका हुन्। मोसो दल्दै नेकपा बहुमतका कार्यकर्ताले भने, ‘नेकपा बहुमत जिन्दावाद, जनताको कर खाने जनताको विरुद्धमा फैसला गर्न पाइँदैन।’

attariya hospital
navjiwan hospital

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले घटनाबारे आफूहरुले पनि भर्खरै थाहा पाएको जानकारी दिए। उनले भने, ‘हामीले पनि घटनाबारे भर्खरै थाहा पायौँ। बैठक छाडेर त्यसतर्फ जाँदैछौँ। घटनबारे सबै कुरा बुझ्न पाएका छैनौँ।’

जेठ १४ गते न्यायाधीश जारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो।

रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो। त्यसलाई उट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि जनमानसमा असन्तुष्टि पैदा भएको थियो।