खाेज्नुहाेस

खेलकुद महासंघ सुदूरपश्चिमको अधिवेशनमा १० जना सम्मानित

Image

धनगढी – नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनमा १० जनालाई सम्मान गरिएको छ । बुधबार धनगढीमा आयोजित दोस्रो महाधिवेशनमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका १० जनालाई सम्मानित गरिएको हो ।

navjiwan hospital

सञ्चारमाध्यमबाट सुदूरपश्चिमको खेलकुद विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार दिनेशबहादुर बिष्ट, छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताउन सफल फुटबल खेलाडी दिपेश खड्का (डेभिट, क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिबल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष समेत रहेका कराते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बमबहादुर बोगटी र राष्ट्रिय खेलकुद परिषदका सदस्य जगत धामी सम्मानित भएका छन ।

attariya hospital

यस्तै उत्कृष्ट जिल्लाका रुपमा नेपाल खेलकुद महासङ्घ बैतडीका अध्यक्ष भुपेन्द्र चन्द र सागिंतिक क्षेत्रतर्फ सजल कला केन्द्रकी सञ्चालिका पुस्पा बडैलालाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।