खाेज्नुहाेस

पोखरीमा डुबेर दुई बालकको मृत्यु

Image

झापा – सामुदायिक वनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । तेह्रथुम जिल्ला जिरी खिम्ती घर भई झापा अर्जुनधारा नगरपालिका–११ निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका धनमाया गुरुङको १२ वर्षको छोरा महसुस गुरुङ र सोही ठाउँका मुना गुरुङको १० वर्षको छोरा सुजल गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खडकाले जानकारी दिए ।

navjiwan hospital

प्रहरीका अनुसार आज बिहान ८ बजेको समयमा अर्जुनधारा–११ स्थित नमुना सामुदायिक वन भित्र रहेको सामुदायिक दिमदिमे पोखरीमा उनीहरू पौडी खेल्न गएका थिए ।

add everest academy
attariya hospital

पौडी खेल्ने क्रममा पोखरीमा डुबि रहेको अवस्थामा स्थानीयले देखेर तत्काल उद्धार गरी बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएका थिए । अस्पतालका चिकित्सकले दुवै बालकलाई मृत घोषित गरिदिएको डीएसपी खड्काले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया पूरा गरी दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने जनाइएको छ ।