खाेज्नुहाेस

आरसीबीको उत्सव जुलुसमा भागदौड हुँदा ७ जनाको मृत्यु

Image

काठमाडौं  – आईपीएलमा पहिलो पटक च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को उत्सव शोकमा परिणत भएको छ। चिन्नास्वामी स्टेडियम बाहिर फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो।

navjiwan hospital

उत्सवको क्रममा रंगशाला भित्र र बाहिर अचानक भीड अनियन्त्रित भएपछि अराजकता मच्चियो। यसमा धेरै मानिस कुचिए र दर्जनौँ घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।

add everest academy
attariya hospital

समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै भागदौडमा ७ जनाको मृत्यु भएको बताएको छ। साथै २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ। फ्यानहरू ठुलो संख्यामा रंगशालामा पुगेका छन्।

आरसीबीले १८ वर्षमा पहिलो पटक आईपीएलको उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको फाइनल खेलमा आरसीबीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्‍यो। रजत पाटीदारको कप्तानीमा आरसीबीले इतिहास रचेको हो।