खाेज्नुहाेस

आईपीएलको उपाधि पहिलो पटक बैंग्लुरले जित्यो

Image

काठमाण्डौं – आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बैंग्लुरले जितेको छ । मंगलबार राति भएको फाइनल खेलमा पन्जाब किङ्सलाई हराउँदै पहिलो पटक बेङ्गलुरुले आईपीएलको उपाधि उचालेको हो ।

बैंग्लुर यस अघि ३ पटक फाइनमा पुगे पनि उपाधि जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बैंग्लुर उपाधिबाट वञ्चित भएको थियो ।

add everest academy
attariya hospital
navjiwan hospital

बैंग्लुरले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।

शशांक ३० बलमा ६१ रनमा अविजित रहे । जोश इङ्लिसले ३९ रन बनाए । बैंग्लुरका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २-२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।

attariya technical collage

पञ्जाबका लागि अर्शदीप सिंहले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिए । काइल जेमिसनले ४ ओभरमा ४८ रन दिएर ३ विकेट लिए । अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १-१ विकेट लिए ।