खाेज्नुहाेस

यातायात व्यवसायीको आन्दोलन फिर्ता

Image
file photo: attariya buspark

काठमाडौँ – राइड सेयरिङ नियमावली कार्यान्वयनको निर्णयबाट गण्डकी प्रदेश सरकार तत्काललाई पछि हटेसँगै यातायात व्यवसायीले गर्दै आएको आन्दोलन पनि स्थगित भएको छ ।

navjiwan hospital

सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका कार्यक्रम सबै स्थगित भएको बताए । उनका अनुसार थप विवरण बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइने छ ।

attariya hospital

राइड सेयरिङ नियमावलीसँगै व्यवसायीहरुले सरकारसँग विभिन्न ६ बुँदामा सहमति गरेका थिए । सरकारी वार्ता टोली र सार्वजनिक यातायात व्यवसायीबीच भएको सहमतिमा गण्डकी प्रदेश लगायतका प्रदेश सरकारहरुद्वारा विभिन्न मितिमा जारी गरिएका निजी सवारी साधन (रातो नम्बर प्लेटका) लाई यात्रु बोक्न दिनेगरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीहरु यससम्बन्धी संघीय कानुनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशका राईड सेयरिङसम्बन्धी नियमावलीहरु स्थगन गर्न गण्डकी प्रदेश सरकार लगायतका प्रदेश सरकारहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गर्नेलगायत उल्लेख गरिएको छ ।