खाेज्नुहाेस

गोदावरी–१२ मा सञ्चालीत ३ दिने निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १२ मा सञ्चालित ३ दिने निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ । नगरपालिकाको पशु सेवा शाखाको वडा नं. १२ का सिम, चाप, सल्ली र नायलमा सञ्चालीत ३ दिने सो शिविर सोमबार सम्पन्न भएको हो ।

यही जेठ १० गतेदेखी सुरु भएको शिविर सोमबार सम्पन्न भएको नगरपालिकाको पशु सेवा शाखाका कर्मचारी टेक शाहुले बताए । शिविरबाट ११६ जना सेवाग्राहीले सेवा लिएको उनले बताए । ती सेवाग्राहीका ३ हजार ७२१ पशुहरुको शिविरमा विभिन्न उपचारहरु गरिएको उनले बताए ।

attariya hospital
navjiwan hospital

उनका अनुसार शिविरमा ४६० गाईगोरु, ५९ भैसी तथा रांगो, ३ हजार ४८ बोकाबाख्रा, १५३ कुकुर बिरालो र एउटा घोडालाई पशु स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु दिईएको थियो । शिविरमा पशु स्वास्थ्य तथा बाँझोपन सम्बन्धी विभिन्न रोगको उपचार, पशु बन्ध्याकरण, रेविज रोग विरुद्धको खोप, कृत्रिम गर्भाधान, गर्भ परिक्षण, खोरेत रोग विरुद्धको खोप र गोबर परिक्षण पनि गरिएको थियो ।

नगरपालिकाको विकट क्षेत्रका रुपमा रहेका सो क्षेत्रहरुमा शिविर सञ्चालन गरेर पशु स्वास्थ्य सम्बन्धी सेवा दिईएको शाहुले बताए । ‘चाप, सल्ली, सिम र नायल यी सबै क्षेत्र नगरपालिकाको विकट क्षेत्रका रुपमा हेरिन्छन, यहाँबाट पशुचौपायाहरुलाई बजार क्षेत्रमा लगेर उपचार गराउनु एकदमै गाह्रो छ’ उनले भने ‘त्यसैले यहाँका किसानहरुको सहजताका लागि नगरपालिकाबाट शिविर सञ्चालन गरेर सेवा दिईएको हो ।’ उनले आगामी दिनमा पनि यस्ता शिविरहरु सञ्चालन गरिने बताए ।