खाेज्नुहाेस

ओलानीमा व्यवसायीक खुर्सानी खेती, उत्पादन बजार पुगेपछि किसान दङ्ग

Image

अत्तरिया – गोदावरी नगरपालिका – ११ की पवित्रा देवी भूलले पहिलो पटक आफ्नो साढे ३ कट्ठा जग्गामा खुर्सानी खेती गरेकी छिन् । हिउँदे बालीका रूपमा गहुँ खेती गर्दै आएकी उनले पहिलो पटक जोखिम मोलेरै गहुँ खेती नगरी बारीमा खुर्सानी रोपिन । तर, अहिले बारीमा लटरम्म खुर्सानी फलेपछि उनी दङ्ग छिन् ।

‘गहुँ भन्दा फाइदा त लाही लगाएरै भयो । खुर्सानी लगाउने भनेर हामीले गहुँ नलगाई लाही लगाएका थियौ । अहिले खुर्सानी खेती गरेका छौ’ उनले भनिन् ‘सहकारीबाट बीउ विजन, कृषि औजार, औषधी, प्राविधिक सहयोग पाएपछि खुर्सानी खेती गरेका हौ । मैले खुर्सानीको बेर्ना मात्रै पनि ४ हजारको बिक्री गरिसकेकी छु । सुरुवाती चरणमा ४० किलोग्राम खुर्सानी पनि बिक्री गरिसकेकी छु ।’ उनले यसअघि घरमा खानको लागि खुर्सानी खेती गर्ने गरेको भए पनि व्यवसायीक रूपमा पहिलो पटक खुर्सानी खेती गरेको बताइन् । उनले सहकारीले नै बजार व्यवस्थापन गर्ने भएकाले सहज भएको बताइन् ।

add everest academy
attariya hospital

स्थानीय लोक बहादुर कोलीले पनि पहिलो पटक खेती गरेको खुर्सानी बारीमा लटरम्म फलेको छ । उनले टिप्न सुरु नगरेकाले कति उत्पादन हुन्छ भन्ने आफू पनि प्रतीक्षामा रहेको बताए । ६ कट्टामा खुर्सानी खेती गरेका उनले गहुँ बाली भन्दा बढी फाइदा हुने आशामा रहेको बताए । उनले उत्पादन राम्रै भएकाले यसलाई निरन्तरता दिने बताए ।

स्थानीय चम्फा देवी विकले ३ कट्टामा खुर्सानी खेती गरेको बताइन् । उनले धान, गहुँ भन्दा बढी मिहेनत लाग्ने गरेको भए पनि फाइदा पनि बढी हुने अपेक्षा लिएको बताइन् । ‘राम्रै उत्पादन हुन्छ भन्ने आशा छ’ उनले भनिन ‘सिँचाइको पनि अहिले समस्या छैन । प्राविधिक सहयोग पनि सहकारीबाट पाउने भएकाले रोग लाग्दा पनि समस्या छैन ।’

navjiwan hospital

attariya technical collage

धान, गहुँ खेती मै सीमित ओलानीका किसानले पहिलो पटक व्यवसायीक रूपमा खुर्सानी खेती गरेका छन् । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) सँगको साझेदारीमा गोदावरी कृषि सहकारीले खुर्सानी उत्पादन उप आयोजना कार्यक्रम सञ्चालन गरेपछि ओलानीमा पहिलो पटक व्यवसायीक खुर्सानी खेती गरिएको हो । जसमा ५० प्रतिशत संस्था र ५० प्रतिशत किसानको लागत साझेदारी रहेको छ ।

गोदावरी कृषि विकास सहकारीका अध्यक्ष कृष्ण विकले सहकारीले रीड सँगको साझेदारीमा गोदावरीको वडा नम्बर ११ र १२ मा १४ जना किसानले ३/३ कट्टाका दरले खुर्सानी खेती गरिएको बताए । उनले खुर्सानीको उत्पादन सुरु भइसकेकाले अत्तरिया बजारमा बिक्री गरिरहेको बताए ।

Karma Consultancy

‘ओलानी क्षेत्रमा बसोबास भएको ५० वर्ष भन्दा बढी समय भइसकेको छ । यो क्षेत्रमा यस्तो खालको व्यवसायीक खुर्सानी खेती पहिलो पटक गरिएको हो । यहाँ परम्परागत किसिमबाट धान, गहुँ मात्रै लगाउने गरिए पनि त्यसबाट खासै किसानले लाभ लिन सकेका थिएनन्’ उनले भने ‘यहाँ बलौटे माटो भएकाले तरकारी खेतीका लागि उपयुक्त ठाउँ छ । तर, किसानहरूमा तरकारी खेती गर्नुपर्छ भन्ने चेतना र ज्ञान नहुँदा यसको विस्तार हुन सकेको थिएन ।’

पहिलो चरणमा नमुनाका रूपमा खुर्सानी खेती गरिएको बताउँदै उनले कार्यक्रममा समेटिएका बाहेकका किसानले पनि अहिले खुर्सानी खेती गरिरहेको बताए । ‘अहिले थुप्रै जलवायु परिवर्तन लगायतका चुनौती चिर्दै खुर्सानी खेती गराउन सफल भएका छौ’ उनले भने ‘सुरुमा किसानलाई खुर्सानी खेती हुन्छ भनेर कन्भेन्स गर्न पनि गाह्रो भएको थियो । अहिले खुर्सानी उत्पादन भएपछि किसान खुसी भएका छन् ।’

गोदावरी कृषि सहकारी संस्थाका व्यवस्थापक गणेश विकले किसानले उत्पादन गरेको खुर्सानी सहकारीमा सङ्कलन गरेर सहकारी मार्फत अत्तरियाको थोक बजारमा बिक्री गरिरहेको बताए । ‘किसानहरूले आफूले उत्पादन गरेको खुर्सानी सहकारी सम्म ल्याइदिनुहुन्छ । हामीले सहकारीमा तौल गरेर एकमुष्ट गरेर अत्तरिया बजार पठाउने गरेका छौ’ उनले भने ‘सहकारीले आगामी दिनमा ओलानीलाई नै तरकारी खेती क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।’ उनले किसानले खुर्सानीको थोक मुख्य ५० रुपैयाँ पाइरहेको बताए ।