खाेज्नुहाेस

गेटामा बजेट, पदाधिकारी र एमबिबिएस सिट सङ्ख्या निर्धारण गर्न माग

Image

अत्तरिया – कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट, ऐनमा व्यवस्था भएका पदाधिकारी नियुक्ति र एमबिबिएस सिट सङ्ख्या निर्धारण गर्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

navjiwan hospital

आइतबार विश्वविद्यालय सङ्घर्ष समितिले धनगढीमा राष्ट्रिय सभा सदस्य मार्फत राष्ट्रिय सभा अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो । ज्ञापन पत्रमा विश्वविद्यालयको विधेयक ल्याउन खेलेको भूमिका प्रति धन्यावाद ज्ञापन गर्दै आवश्यक बजेट, जनशक्ति र उपकरणहरूको व्यवस्थापन गर्न माग गरिएको छ ।

attariya hospital

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो), सह संयोजक आनन्द भट्ट, सचिव धर्म सिंह कुँवरको हस्ताक्षर रहेको ज्ञापन पत्रमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक बजेटको प्रबन्ध गरिदिन आग्रह गरिएको छ ।

यस्तै ऐनमा व्यवस्था भएका पदाधिकारीहरूको नियुक्तिको प्रक्रिया आगामी आर्थिक वर्ष भित्रै गरी चिकित्सा शिक्षा (एमबिबिएस) को सिट सङ्ख्या निर्धारणको प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।