धनगढी – सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षीले गर्दै आएको अवरोध हट्ने भएको छ । प्रदेश सभा सञ्चालनका विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकमा प्रतिपक्षीले उठाएका समसामयिक विषयमा सदनमा प्रस्ताव लैजान सर्वपक्षीय समिति गठन गर्ने निर्णय भएको छ ।

समितिमा नेपाली काँग्रेसबाट पदमबहादुर शाही, नेकपा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल तथा चक्र मल्ल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीबाट इन्दिरा गिरी, नेकपा एकीकृत समाजवादीबाट नरेशबहादुर शाही, राप्रपाका खीमादेवी बिष्ट र स्वतन्त्र सांसद डा.तारा जोशी छन् ।

सहमतिसँगै प्रदेश सभा बैठक अहिले जारी रहेको छ ।
















