खाेज्नुहाेस

मादीमा जीप खस्दा तीनजनाको मृत्यु

Image

काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।

navjiwan hospital

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार राति करिब साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। दुर्घटनामा व्यास-५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको हो।

godawari nagarpalika dadhelo
attariya hospital

घाइतेहरूको उपचार दमौली अस्पतालमा घाइतेहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जीपमा पाँच जना सवार थिए।

घाइतेमध्ये एक जना गम्भीर छ भने चालक सामान्य रहेका छन् । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (ई), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए।