खाेज्नुहाेस

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा छलफल

Image
धनगढी– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले छलफल गरेका छन् । शनिवार राष्ट्रिय सभा सदस्य तथा सङ्घर्ष समितिसँग मुख्यमन्त्री शाहले सञ्चालनको विषयमा छलफल गरेका हुन ।
attariya hospital
विश्वविद्यालयको विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री शाहले विधेयक पारित हुनु प्रदेशको उच्च शिक्षा क्षेत्रका लागि एक ऐतिहासिक उपलब्धि भएको बताए । उनले विश्वविद्यालयको बजेटका लागि सङ्घीय सरकारलाई तत्काल पत्राचार र पहल गर्ने बताए ।
navjiwan hospital
उनले अब विद्येयक अनुसार विश्वविद्यालय सञ्चालनका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा पूर्ण बजेट विनियोजन गर्नुपर्ने विषयमा राष्ट्रिय सभा सदस्यहरूको ध्यानाकर्षण समेत गराए ।
छलफलमा राष्ट्रिय सभा सदस्यहरू गरिमा शाह, रेणु चन्द, नारायणदत्त भट्ट, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल, नेकपा माओवादी केन्द्र प्रदेश सभाका सचेतक अक्कल बहादुर रावल, प्रदेश सभा सदस्य रमेश धामी, नेकपा एमालेका सचेतक चक्र मल्ल, नेपाली कांग्रेसका सचेतक विक्रम धामी, लगायत उपस्थिति रहेको थियो ।
छलफलमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिले तत्काल बजेट विनियोजन, यही आर्थिक वर्षमा एमबिबिएस अध्यापनको वातावरण निर्माण गरिनुपर्ने, तत्काल विश्वविद्यालय पदाधिकारी नियुक्ति गरिनुपर्ने माग गरेको थियो ।