खाेज्नुहाेस

कञ्चनपुरका २ पालिकाका ७ वडा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

Image

कञ्चनपुर– कञ्चनपुरका २ पालिकाका ७ वटालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले जिल्लाको भीमदत्त नगरपालिकाका ३ वडा र दोधारा चाँदनी नगरपालिकाका ४ वटा वडा गरी ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

navjiwan hospital

जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा मन्त्रिपरिषद्ले ७ वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ तथा दोधारा चाँदनी नगरपालिकाका वडा नम्बर ३, ८, ९ र १० वडाहरु सङ्कटग्रस्त क्षेत्रका रूपमा घोषित भएका छन् ।

attariya hospital

गत वर्ष भदौमा आएको बाढीले महाकाली नदीमा निर्माणाधीन गाइडबण्ड भत्किएपछि उक्त क्षेत्र अझ बढी जोखिममा परेको थियो ।
गाइडबण्ड समयमै पुननिर्माण नहुँदा महाकाली नदी नजिकको पक्की पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीहरू उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रलाई अति संवेदनशील मानेर गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।