खाेज्नुहाेस

यसपालि औसतभन्दा अधिक वर्षा र गर्मी हुने

Image

धनगढी – जल तथा मौसम विज्ञान विभागले गत वर्षजस्तै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार ऋतुगत मनसुन प्रणालीको प्रक्षेपण सार्वजनिक गर्दै यस वर्षको मनसुन अवधिमा वर्षा र तापक्रम दुवै सरदरभन्दा बढी हुने जनाएको हो ।

navjiwan hospital

वरिष्ठ मौसमविद् विभूति पोखरेलले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थान विशेष अनुसार फरक–फरक रहेको बताइन् । उनका अनुसार स्थान अनुसार सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ र ३५ देखि ४५ प्रतिशतसम्म बढी रहेको बताइन् ।

attariya hospital

प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेकाले मनसुनको सुरूवातमा हुने वर्षाले पनि क्षति पु¥याउन सक्ने उनको भनाइ छ ।

विभागका अनुसार यस वर्ष प्रि मनसुन सिजनमा सरदरभन्दा बढी वर्षा भइसकेको छ । यसअघि भारतको पुणेमा अप्रिल २८ देखि ३० सम्म आयोजित दक्षिण एसियाली मौसमी पूर्वानुमान मञ्च ९सास्कोफ० बैठकले नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, अफगानिस्तान र म्यानमारमा यस वर्षको मनसुनको सम्भावित अवस्था सार्वजनिक गरेको थियो । प्रिमनसुन सिजनमै सरदरभन्दा बढी वर्षा भएकाले माटोको चिस्यान बढेकाले मनसुनको सुरूवातमा हुने वर्षाले पनि क्षति पु¥याउन सक्ने विज्ञको भनाइ छ । सास्कोफको क्षेत्रीय मौसम पूर्वानुमानलाई समेत आधार मानेर विभागले नेपालमा यस वर्षको सम्भावित मनसुनी अवस्थाबारे जानकारी दिएको हो ।