खाेज्नुहाेस

रेशम चौधरीलाई थुनाउने महिमानलाई धरौटीमा छाड्न आदेश 

Image

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्ने आदेश गरेको छ।

navjiwan hospital

न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले  जानकारी दिए।

godawari nagarpalika dadhelo
attariya hospital

विष्टले प्रहरीलाई पत्र काटी चौधरीलाई पक्राउ गरी कारागार चलान गर्न भनेका थिए।  उक्त पत्र उनी आफैँ लिएर जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका र सोही पत्रका आधारमा पक्राउ परेका चौधरी केही घण्टा कारागार चलान भएको थिए।

उनले काटेको पत्र आधिकारिक नरहेको सर्वोच्च अदालतले जनाएपछि चौधरीलाई रिहा गरियो भने विष्ट पक्राउ परेका थिए।