खाेज्नुहाेस

कञ्चनपुर र बाजुरामा दुई जना मृत भेटिए

Image

धनगढी – कञ्चनपुर र बाजुरामा दुई जना मृत अवस्थामा भेटिएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ ।

navjiwan hospital

उनको नाम थर र वतन नखुुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ ।

attariya hospital

यस्तै, बाजुरामा पनि एक जना मृत भेटिएका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को घाघरामा सोही ठाउँ बस्ने ६० वर्षीय रुपजंग कार्की मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।