अत्तरिया– प्रतिनिधिसभाबाट सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक पारित भएको खुसीयालीमा अत्तरिया चौकमा दिप प्रज्वलन गरिएको छ । नेकपा (एमाले) नगर कमिटी र नेकपा (एमाले) क्षेत्र नं. ४ समन्वय कमिटीले संयुक्त रुपमा अत्तरिया चोकमा दिप प्रज्वलन गरेका हुन ।

दिप प्रज्वलनका साथै खुसीस्वरुप एक आपसमा मिठाई समेत खुवाईएको नेकपा एमाले क्षेत्र नं. ४ समन्वय कमिटिका संयोजक गणेश जिमि साउँदले बताए । सरकारले गरेको निर्णय प्रति खुसी व्यक्त गर्दै उनले विधेयकले सुदूरपश्चिमबासीको स्वास्थ्य क्षेत्रमा एक खुड्कीलो थप्ने काम गरेको बताए ।

कार्यक्रमका सहभागीहरूले गेटा विश्वविद्यालयको स्थापना सुदूरपश्चिम प्रदेशको शैक्षिक, स्वास्थ्य तथा समग्र विकासको आधार स्तम्भ बन्ने विश्वास व्यक्त गरेका थिए ।













