खाेज्नुहाेस

शरीरका लागि गुलाबी नुनको फाइदाहरू जान्नुहोस्

Image

हामी सबैले दैनिक रूपमा सामान्य सेतो (टेबल) नुन उपभोग गर्छौं । नुनले खानालाई आवश्यक स्वाद दिनुको साथै संरक्षण गर्न पनि मद्दत गर्छ । तर यसको अत्यधिक सेवनले रक्तचाप र मुटु रोग जस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसैले धेरै स्वास्थ्य विशेषज्ञले गुलाबी नुन वा गुलाबी हिमालयन नुन सेवन गर्न सुझाव दिन्छन् ।

वेबएमडीको रिपोर्ट अनुसार टेबल नुन र हिमालयन गुलाबी नुनमा सोडियमको मात्रा लगभग बराबर छ । तर गुलाबी नुनको स्वास्थ्य लाभ छ । यसमा क्याल्सियम, पोटासियम र म्याग्नेसियम जस्ता खनिजहरू हुन्छन् । यसको फाइदा अतिरिक्त तौल घटाउन मद्दत गर्छ । गुलाबी नुन तौल घटाउन उपयोगी छ भन्ने कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण नभए पनि, यसले तपाईंको समग्र स्वास्थ्यलाई फाइदा पु¥याउँछ र स्वस्थ तौल कायम राख्न मद्दत गर्छ ।

attariya hospital

तृष्णा कम गर्छ

navjiwan hospital

सन् २०१० मा जर्नल अफ सेन्सरी स्टडीजमा प्रकाशित एक अनुसन्धान अनुसार गुलाबी नुनमा टेबल नुनको तुलनामा क्याल्सियम, आइरन, पोटासियम र म्याग्नेसियम बढी हुन्छ । यसले इलेक्ट्रोलाइट्सलाई सन्तुलनमा राख्न सक्छ र चिनीको चाहना र खाजा खान नियन्त्रण गर्न मद्दत गर्दछ । यसरी यसले शरीरमा क्यालोरी नियन्त्रण गर्छ जुन तौल घटाउन आवश्यक छ ।

पाचन सुधार गर्छ

गुलाबी नुनले पाचन तरल पदार्थको उत्पादन बढाउँछ जसले आवश्यक पोषक तत्त्वहरूको अवशोषण सुधार गर्न र बोसो भण्डारणलाई रोक्न मद्दत गर्दछ ।

मेटाबोलिज्म बढाउँछ

गुलाबी नुनले पाचन इन्जाइमहरूलाई सक्रिय गर्न मद्दत गर्छ, जसले पेटको स्वास्थ्यमा सुधार ल्याउँछ र पाचनलाई गति दिन्छ । स्वस्थ पाचनले तपाईंको मेटाबोलिज्मलाई तीव्र बनाएर तौल घटाउन मद्दत गर्छ । यसबाहेक, गुलाबी नुनले शरीरबाट डिहाइड्रेसन र थकानलाई पनि टाढा राख्छ । मनतातो पानीमा यो नुन मिसाएर पिउँदा इलेक्ट्रोलाइट्स सन्तुलित रहन मद्दत गर्छ ।