खाेज्नुहाेस

कस्तो व्यक्तिले खान हुन्न उखुको जुस ?

Image

गर्मीमा धेरैले रुचाउने पेय पदार्थ हो उखुको जुस । स्फूर्त रहन मानिसहरू चिसो पारेर उखुको रस पिउँछन् । यसले ताजगी, ऊर्जाको साथै हाइड्रेशन त दिन्छ नै यो स्वास्थ्यको लागि पनि धेरै लाभदायक मानिन्छ ।

तर केही मानिसहरूको लागि यो जुस हानिकारक पनि हुन सक्छ । के तपाईँलाई यो कुरा थाहा छ ? तपाई पनि तल दिइएको ७ थरीको सूचिमा पर्नु हुन्छ भने तपाईँले उखुको रस नपिएकै राम्रो ।

attariya hospital

मधुमेहका बिरामी

उखुको रसमा प्राकृतिक चिनीको मात्रा धेरै हुन्छ, जसले रगतमा चिनीको मात्रा द्रुत गतिमा बढाउन सक्छ । मधुमेहका बिरामीहरूले यसलाई सीमित मात्रामा सेवन गर्नुपर्छ वा पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

मोटोपनबाट पीडित व्यक्ति

उखुको रसमा क्यालोरी र चिनी प्रशस्त मात्रामा हुन्छ, जसले तौल बढाउन सक्छ । यदि तपाईँ तौल घटाउने प्रयास गर्दै हुनुहुन्छ भने यसको खपत कम गर्नुस् ।

कम रक्तचाप भएका मानिस

navjiwan hospital

उखुको रसले रक्तचाप घटाउन मद्दत गर्छ । तर, तपाईंको रक्तचाप पहिलेदेखि नै कम छ भने, यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने जस्ता समस्या देखिन सक्छ ।

मिर्गौलाका रोगी

उखुको रसमा पोटासियमको मात्रा धेरै हुन्छ, जुन लामो समयदेखि मिर्गाैलासम्बन्धी रोगबाट पीडित व्यक्तिहरूको लागि हानिकारक हुन सक्छ । यसले इलेक्ट्रोलाइट असन्तुलन निम्त्याउन सक्छ ।

पेटको समस्याबाट पीडित व्यक्ति

तपाईँलाई एसिडिटी, ग्यास, अपच वा पखाला आदिको समस्या छ भने उखुको रस पिउनै हुन्न । यसले पाचन प्रणालीलाई असर गर्न सक्छ र पेट खराब हुन सक्छ ।

गर्भवती महिला

गर्भावस्थाको समयमा केहीलाई यस्तै बेलामा मात्रै हुने मधुमेह पनि हुन सक्छ । उखुको रसले रगतमा चिनीको मात्रा बढाउन सक्छ, जसले गर्भवती महिलाहरूलाई हानि पुर्‍याउन सक्छ ।

कलेजो रोग भएका मानिस

तपाईँलाई हेपाटाइटिस वा फ्याटी लिभरको समस्या छ भने उखुको रस पिउँदै नपिउनुस् । यसले कलेजोमा अतिरिक्त दबाब दिन सक्छ र समस्यालाई बढाउन सक्छ ।
उखुको जुस स्वास्थ्यको लागि फाइदाजनक छ । तर केही मानिसहरूका लागि यो हानिकारक साबित हुन सक्छ । यदि तपाईँ मधुमेह, कम रक्तचाप, मिर्गौला रोग, पेटको समस्या, गर्भावस्था वा कलेजो रोगबाट पीडित हुनुहुन्छ भने यो पिउनु अघि डाक्टरसँग परामर्श गर्नुहोस् । साभार