अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले फरक पार्टी भएको कारण बजेट नदिएको भनेर लगाइएको आरोप साबित भए राजीनामा दिने बताएका छन् । बिहीबार नगरपालिकाको वडा नम्बर १ को वडा भेलालाई सम्बोधन गर्दै उनले फरक पार्टी भएको कारण बजेट नदिएको कसैले देखाइदिनु आजै राजीनामा दिने बताएका हुन ।
उनले भने ‘एक जना त्यस्तो साथी भनिदिनुस् मलाई, म यो फलानो पार्टीको मान्छे भएका कारणले मेयर नेपाली कांग्रेसबाट निर्वाचित भएको कारणले मलाई बजेट हालिदिएको छैन भनेर एक जना मेरो अगाडि आउनुस् म अहिले पदबाट राजीनामा दिइदिन्छु ।’ उनले विकास कारण दोष नदिन आग्रह गरे ।


भिडियो
सम्बन्धीत समाचार : गोदावरी नगरपालिकामा वडाभेला सुरु, १ नम्बर वडाले ल्यायो १ करोड २० लाखको बजेट















