खाेज्नुहाेस

बैतडीको दशरथचन्द नगरपालिकाका ५ विद्यालयमा आयुर्वेद शिक्षा सुरु

Image

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले विद्यालयहरुमा आयुर्वेद शिक्षा दिन थालेको छ । नगरभित्र रहेका ५ वटा माध्यमिक विद्यालयहरुमा नगरपालिकाले आयुर्वेद शिक्षा दिन थालेको हो ।

navjiwan hospital

पाँचओटा विद्यालयमा आयुर्वेद तथा योग शिक्षा दिने कार्य शुरु गरेको नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । चालु आर्थिक वर्षमा आयुर्वेद शिक्षाका लागि पाँच ओटा विद्यालय छनौट गरिएको उनले बताए । उनले सो विद्यालयका विद्यार्थीहरुलाई आयुर्वेदका बिषयमा जानकारी दिने गरिएको समेत बताए । उनका अनुसार नगरपालिकाले मणिलेक मावि गुरुखोला, निङ्गलाशैनी मावि देहीमाण्डौं, विरेन्द्र मावि शाहीलेक, कुलौन मावि खतेडी र केदार नागार्जुन मावि बग्लेखानमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

attariya hospital

कार्यक्रम सञ्चालन भएका विद्यालयका विद्यार्थीहरुलाई जडीबुटी र तिनीहरुको प्रयोगका बारेमा जानकारी दिने गरिएको छ । यसका साथै स्थानीयस्तरमा पाइने जडीबुटीहरुको संरक्षणका बिषयमा समेत बालबालिकाहरुलाई प्रशिक्षण दिने गरिएको कलौनीले बताए ।

यसअघि पाँचओटै विद्यालयका आयुर्वेद तथा योग फोकल शिक्षकहरुलाई तालिम समेत दिइएको कलौनीले बताए । शिक्षकहरुले पनि विद्यालयमा आयुर्वेद र योगका बिषयमा नियमित कक्षा सञ्चालन गर्ने गरेको उनले बताए । विद्यालयमा आयुर्वेद तथा योग शिक्षा अन्तर्गत बालबालिकाहरुलाई विभिन्न योगासनका बारेमा समेत जानकारी गराउने गरिएको छ । यसले स्वस्थ जीवनशैली अपनाउन सहज हुने अपेक्षा गरिएको छ ।