खाेज्नुहाेस

अछामबाट जबरजस्ती करणी आरोपमा फरार एक जना प्रतिवादी पक्राउ

Image

अछाम– जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जना अछामबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का २३ बर्षीय मोहनबहादुर चन्द रहेको प्रहरीले जनाएको छ ।

navjiwan hospital

जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका उनलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछाम मंगलसेनकी एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा चन्दविरुद्ध २०८१ माघ ४ मा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो । सोही बेलादेखि फरार रहेका चन्दलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

attariya hospital

अछामको पञ्चदेवल विनायक नगरपालिका– ५ स्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको र हाल उनलाई जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।