खाेज्नुहाेस

उद्घाटनमा नबोलाएको भन्दै मोहन्यालका उपाध्यक्षले फुटाए शिलालेख

Image

धनगढी –  कैलालीको मोहन्याल गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमले विवादको रुप लिएको छ । गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले नयाँ भवनको उद्घाटन गरेलगत्तै उपाध्यक्ष कमल साउदले शिलालेख फुटाएका छन्।

navjiwan hospital

उपाध्यक्ष साउदले उद्घाटन कार्यक्रममा कुनै पनि जनप्रतिनिधिलाई नबोलाई अध्यक्ष एक्लै गएको भन्दै आपत्ति जनाएका छन्। उनले भने, “प्रशासनिक भवनजस्तो महत्वपूर्ण संरचनाको उद्घाटनमा सबै जनप्रतिनिधिलाई बोलाउनु पथ्र्यो। तर अध्यक्षले घरको उद्घाटन गरेजस्तो चुपचाप कार्यक्रम गर्नुभयो। त्यसैको विरोधस्वरूप मैले शिलालेख फुटाएँ।”

attariya hospital

तर अध्यक्ष उपाध्यायको भनाइ फरक छ। उनले भूगोलको कारण सबै वडाका जनप्रतिनिधिलाई बोलाउन नसकिएको जिकिर गरे। “नजिकका वडाका प्रतिनिधिहरूलाई र उपाध्यक्षलाई समेत बोलाइएको थियो। तर उहाँ आफै आउनुभएन,” उनले भने।

अध्यक्ष उपाध्यायले उपाध्यक्ष साउदले शिलालेख मात्रै नभएर अन्य संरचनामा समेत तोडफोड गरेको आरोप लगाएका छन्। उनले भने, “उपाध्यक्षजस्तो जिम्मेवार व्यक्तिले यस्तो व्यवहार गर्नु लाजमर्दो हो। ”