खाेज्नुहाेस

डडेल्धुरामा अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

Image

डडेल्धुरा – डडेल्धुरामा अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ । आलिताल गाउँपालिका–८ सुनखोला स्थिति जोगबुढा–बुडर भित्री सडकमा अटोको ठक्करबाट स्थानीय विक्रम विकका ४ वर्षीय छोरा विवेक विकको मृत्यु भएको हो । उनी कैनघाडीबाट गोदाम बजार तर्फ आमा ज्योति विक सँगै पैदल हिँडेर आइरहेका थिए ।

भीनपा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा जोगबुढा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विष्टले बताएका छन् । उनका अनुसार अटो चालक भने फरार भएका छन् ।

attariya hospital
navjiwan hospital

प्रत्यक्षदर्शीहरूका अनुसार ठक्करपछि अटोले बालकलाई करिब १० मिटरसम्म घिसारेको थियो । उनको घटनास्थलमै मृत्यु भए पनि प्रहरीले अस्पताल लगेको स्थानीयको भनाइ छ ।

दुर्घटनामा थप दुई जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार आलीताल गाउँपालिका – ४ का १८ वर्षीय दीपक बोहरा र आलीताल गाउँपालिका ६ की ६३ वर्षीय मैना कामी रहेको प्रहरीले जनाएको छ । उनीहरूको जोगबुढा अस्पतालमा उपचार भइरहेको छ ।

maya metro hospital